logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बिकिनीमा योगा गरिरहेकी महिलालाई गोहीजस्तै जीवले आक्रमण गरेपछि…(भिडिओ)


अंकुरण खबर
1.313K
Shares

समुद्र किनारमा पर्यटकहरु घुम्न रमाउँछन्। छुट्टिको समयमा समुद्रमा पौडिने, घाम ताप्ने, शारीरिक अभ्यासका साथै योगा गर्ने चलन छ।

हालै समुद्र किनारमा एक महिला पनि घुम्न गएकी हुन्छिन् र उनी योगा गरिरहेकी हुन्छिन्।

क्यारेबियन तटमा जब उनी योगा गरिरहेकी हुन्छन् उनलाई एउटा गोही जस्तो जीवले आएर आक्रमण गर्छ। डा इगुआना गल नाम गरेकी महिलाले एउटा भिडिओ पोस्ट गरेकी छिन्। जहाँ उनलाई गोहीजस्तै जीव इगुआनाले टोक्न आक्रमण गरेको देख्न सकिन्छ।

एनडीटीभीका अनुसार ती महिला योगा शिक्षिका हुन्। इगुआनाले टोकेपछि उनले आफ्नो ट्विटरमा पनि इगुआना नाम लेखेकी हुन्। त्यसले टोकेर उनको औंलामा रगत बगेको थियो। सामान्य चोट भएको र त्यो निको भइसकेको उनले बताएकी छिन्।

भिडिओ