logo
  • सोमवार, कार्तिक १७, २०८३ / Monday, Nov, 02 ,2026

अमेरिकाका अस्पतालमा कोरोना संक्रमितको संख्या बढ्दो


अंकुरण खबर
1.521K
Shares

अमेरिकामा कोरोना भाइरसबाट संक्रमित भई अस्पताल भर्ना हुने मानिसको संख्या फेरि बढेको छ । संख्या बढेर एक लाख नाघेको विदेशी सञ्चारमाध्यमले जनाएका छन्।

यसभन्दा पहिला जनवरीमा यहाँका अस्पतालमा भर्ना भएका कोरोना संक्रमितको संख्या एक लाखभन्दा धेरै थियो ।

युएस डिपार्टमेन्ट अफ हेल्थ एन्ड ह्युमन सर्भिसेसका अनुसार अहिले एक लाख ३१७ बेड कोरोना संक्रमितले भरिएका छन् ।

अमेरिकाको फ्लोरिडा र टेक्सास प्रान्तका अस्पतालमा संक्रमितको संख्या अपेक्षाकृत रूपमा धेरै छ ।

गत साता फ्लोरिडाको कोरोना मृत्युदर पूरै महामारीको अवस्थामा भन्दा धेरै थियो।

जोन्स होप्किन्स युनिभर्सिटीका अनुसार अमेरिकामा हालसम्म ३ करोड ९० लाख ४८ हजार ६०८ जनामा संक्रमण पुष्टि भइसकेको छ भने ६ लाख ३८ हजार ६७१ जनाले ज्यान गुमाइसकेका छन् ।

अमेरिकामा पूरै जनसंख्याको ६६.३० प्रतिशतले कोरोना विरुद्धको पूरा डोज भ्याक्सिन लगाएका छन् ।