logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भारतमा पछिल्लो २४ घन्टामा थप ४२ हजार ६१८ संक्रमित, ३३० मृत्यु


अंकुरण खबर
1.339K
Shares

भारतमा पछिल्लो २४ घन्टामा थप ४२ हजार ६१८  जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यससँगै भारतमा कोरोना संक्रमित हुनेको संख्या ३ करोड २९ लाख ४५ हजार ९०७ पुगेको छ ।

यसै गरी पछिल्लो २४ घन्टामा थप ३३० संक्रमितले ज्यान गुमाएका छन् । यससँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४  लाख ४० हजार २२५ पुगेको छ ।

यही अवधिमा ३६ हजार ३८५  जना संक्रमणमुक्त भएका छन् । भारतमा ४ लाख ५ हजार ६८१  जना सक्रिय संक्रमित रहेका छन्। एजेन्सी

भारत संक्रमितका हिसाबले विश्वको दोस्रो र मृत्युका हिसाबले तेस्रो स्थानमा रहेको छ।

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म ६७ करोड ७२ लाख ११ हजार २०५ डोज भ्याक्सिन लगाइसकिएको छ ।