logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

इजरायलमा पहिलो पटक टाउको जोडिएका जुम्ल्याहा दिदीबहिनीको सफल शल्यक्रिया


अंकुरण खबर
702
Shares

इजरायलमा टाउको जोडिएका जुम्ल्याहा दिदीबहिनीको शल्यक्रिया सफल भएको छ ।

टाउको पछाडिको भाग जोडिएका उनीहरुको दुर्लभ शल्यक्रिया गरी छुट्याइएको बीबीसीले जनाएको छ । टाउको जोडिएका कारण विपरीत दिशामा फर्कनुपर्ने उनीहरुले शल्यक्रियापछि एक अर्कालाई देखेका छन् ।

बिरशेबाको अस्पताल सोरोका मेडिकल सेन्टरमा झण्डै १२ घण्टा लगाएर जुम्ल्याहा दिदीबहिनीको शल्यक्रिया गरिएको हो । उनीहरुको शल्यक्रियामा इजरायल तथा अरु देशका विशेषज्ञ डाक्टर सहभागी भएका थिए । विश्वमा कमै मात्रै हुँदै आएको शरीर छुट्टाउने शल्यक्रिया इजरायलमा पहिलो पटक गरिएको हो ।

शल्यक्रियामा सहभागी डाक्टरले दुवैका लागि टाउकाको छाला ग्राफ्ट गरिएको बताएका छन् । ती दिदीबहिनी गएको वर्ष अगस्टमा जन्मिएका हुन् ।