भारतमा पछिल्लो २४ घण्टामा थप ३१ हजार २२२ जना कोभिड १९ संक्रमित पहिचान भएका छन् । पहिचान भएका संक्रमित मध्ये १९ हजार ६८८ जना केरलामा भेटिएका हुन् ।
यस्तै, ४२ हजार ९४२ जना संक्रमण मुक्त भएको पनि भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । यससँगै भारतमा सक्रिय कोरोना संक्रमितको संख्या ३ लाख ९२ हजार ८६४ पुगेको छ ।
संक्रमणका कारण थप २९० जनाको मृत्यु भएको छ । भारतमा कोरोना भाइरस संक्रमणका कारण हालसम्म ४ लाख ४१ हजार ४२ जनाको मृत्यु भइसकेको छ ।