logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

कोरोनाविरुद्ध लड्न विश्वलाई अमेरिकाले सहयोग गर्नुपर्ने चीनको आग्रह


अंकुरण खबर
1.417K
Shares

कोभिड–१९ को महामारीका विरुद्ध लड्न विश्व समुदायलाई अमेरिकाले सहयोग गर्नुपर्ने चीनले आग्रह गरेको छ।

चीनले अमेरिकालाई भाइरसको महामारीका विरुद्धमा लड्न तथा यो भाइरस पत्ता लगाउने कार्यमा पनि समन्वय र सहयोग गर्न आग्रह गरेको हो।

चीनको विदेश मन्त्रालयका प्रवक्ताले सो आग्रह गरेका हुन्। विदेश मन्त्रालयका प्रवक्ता वाङ यनविनले सोमबार उक्त मन्त्रालयलको नियमित प्रेस ब्रिफिङका क्रममा त्यस्तो बताए।

हालैमात्र अमेरिकाका एकजना अधिकारीले महामारीको कारण चीन भएको भनी आरोप लगाएपछि सोमबार उनको सो धारणा आएको हो ।

प्रवक्ता येनबिनले यससम्बन्धी अनुसन्धान गर्नका लागि चीनले अमेरिकालाई आवश्यक सहयोग गर्ने र अमेरिकाले पनि चीनको साथमा हिँड्न सक्नुपर्ने धारणा राखे। एजेन्सी