logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अमेरिकी र चिनियाँ राष्ट्रपतिबीच दोस्रो पटक टेलिफोन वार्ता


अंकुरण खबर
1.378K
Shares

अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सि जिनपिङबीच टेलिफोन वार्ता भएको छ ।

अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीका अनुसार उनीहरुका बीचमा सात महिनापछि बिहीवार पहिलो पटक कुराकानी भएको हो ।

झण्डै ९० मिनेटको टेलिफोन संवाद आपसीसम्बन्ध सुधार र अस्पष्टता न्यूनीकरणमा केन्द्रीत भएको ह्वाइट हाउसले जनाएको छ ।

बाइडेन अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएदेखि उनीहरुबीच यो दोस्रो पटक वार्ता भएको अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले जनाएको छ । यसअघि उनीहरुबीच बाइडेन निर्वाचित भएलगत्तै पहिलो पटक कुराकानी भएको थियो । एजेन्सी