मेट गाला यस्तो फेसन मेला हो जहाँ विश्वका चर्चित हस्तीहरु फरक–फरक अवतारमा प्रस्तुत हुन्छन्।

मेट गालामा सेलिब्रिटीहरु आफूलाई अरुभन्दा भिन्न देखाउन आकषर्क पोशाकमा उपस्थित हुने गर्दछन्।

ती सेलिब्रिटीमध्ये किम कार्डासियन यस्तो व्यक्ति हुन् जो सँधै बोल्ड रुपमा प्रस्तुत हुँदै आएकी छिन्। तर न्युयोर्कमा आयोजना भएको यसपटकको मेट गालामा भने कार्डासियनले आफ्नो बोल्ड अवतार प्रस्तुत गरिनन्।

उनी पुरै कालो कपडाले शरीर ढाकेर फेसन मेलामा पुगेकी थिइन्। जे भएपनि उनको उद्देश्य पुरा भयो, सबैले उनैको पोशाकको बारेमा यतिबेला चर्चा गरिरहेका छन्। एजेन्सी
