logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अफगानिस्तानका अपदस्थ उपराष्ट्रपतिको घरमा भेटियो सुनै–सुन, पैसै–पैसा (भिडिओ)


अंकुरण खबर
819
Shares

पन्जसिरमा बसेर तालिबानविरद्ध अभिव्यक्ति दिने अपदस्थ उपराष्ट्रपति अमरुल्लाह सालेहको घरबाट तालिबान लडाकुले सुन र पैसा बरामद गरेका छन्।

तालिबानको दाबीअनुसार उनीहरुले सालेहको घरबाट ६० लाख अमेरिकी डलर बराबरको अफगान मुद्रा तथा सुनका १५ वटा ठूला टुक्रा फेला पारेका छन्। सार्वजनिक भिडिओमा तालिबानले सालेहको घरभर पैसा र सुन भेटेको देखिएको छ।

यसअघि पन्जसिर मात्र तालिबानको हातमा जान सकेको थिएन। तर तालिबानको कारवाहीसँगै पन्जसिर पनि तालिबानको हातमा गएको हो। तालिबानले पन्जसिर जितेपछि सालेह ताजकिस्तान भागेर पुगेका छन्।

(भिडिओ)

यसबीचमा ताजकिस्तानका लागि अफगानी राजदूत मोहम्मद जाहिर अग्बरले यसअघि देश छाडेर भागेका अपदस्थ राष्ट्रपति असरफ गनीले १६९ मिलियन अमेरिकी डलर आफूसँग लगेको दाबी गरेका छन्।

उनले गनीले अफगानिस्तानको सम्पत्ति लगेका कारण उनलाई गिरफ्तार गरिनुपर्ने बताए। उनले उपराष्ट्रपति सालेहले पनि अनगिन्ती सम्पत्ति लगेको हुनसक्ने बताए। एजेन्सी