
विश्वभर सुन्दर देखिन महिलाहरु अनेक उपाय अपनाउँछन्। तीमध्ये काखिको रौं हटाउने उपाय पनि सुन्दर बन्ने तरिकामा पर्छन्।
तर सुन्दरताको परिभाषाले शारीरिक रुप–रङलाई मात्र जनाउँछ त? अहँ मान्छे सुन्दर हुन उसँग स्वच्छ विचार र बौद्धिकता हुन जरुरी रहेको दार्शनिकहरु बताउँछन्।
मेट गाला विश्व फेसनको सबैभन्दा ठूलो मेला हो र त्यहाँ विश्वभरका चर्चित व्यक्तित्वहरु नयाँ–नयाँ फेसनका साथ उपस्थित हुन्छन्। महिला र पुरुष दुवैबीच को भन्दा को कम भन्ने होडबाजी चल्छ।
तर यसबीचमा अमेरिकाकी चर्चित गायिका मेडोन्ना लुईस सिकोनीकी छोरी लर्डेस लियोनले शारीरिक सुन्दरताको परिभाषालाई चुनौती दिएकी छिन्। उनी न्युर्योकमा आयोजित मेट गालामा उपस्थित हुँदा काखीको रौं नकाटी गइन्।
उनले आफ्नो शरीरको काखीको रौं ढुक्कसँग देखाएर तस्बिरहरु खिचाइन्। २४ वर्षकी उनले आकर्षक पहिरन पहिरिएता पनि सबैले काट्ने गरेको काखीको रौं भने काटिनन्।
यही कारण यतिबेला विश्वभर चर्चा भइरहेको छ। उनको सामाजिक संजालमा निकै प्रशंसा भइरहेको छ। शारीरिक सुन्दरतालाई भन्दा मान्छेको उच्च विचारलाई कदर गर्नुपर्छ भन्ने चर्चा चलिरहेको छ। डेलीमेलको सहयोगमा
