logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

वर्षाका कारण भारतको उत्तर प्रदेशको जनजीवन प्रभावित, १५ जनाको मृत्यु


अंकुरण खबर
754
Shares

ठूलो वर्षाका कारण भारतको उत्तर प्रदेशको जनजीवन प्रभावित भएको छ ।

केहीदिनदेखि परेको ठूलो वर्षाका कारण उत्तर प्रदेशमा १५ जनाको ज्यान जानुका साथै केही बेपत्ता भएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

भारतको मौसम विज्ञान विभागले आज र भोलि पनि ठूलो वर्षाको सम्भावना भएकाले सावधानी अपनाउन आग्रह गरेको छ । साथै उत्तर प्रदेश सरकारले आज र भोलि दुई दिन प्रदेशका सबै स्कुल कलेज बन्द गर्न भनेको छ ।

लगातार पानी परिरहेकाले जोखिमलाई मध्यनजर गर्दै आज र भोलि दुई दिन स्कुल बन्द गरिएको हो ।

कतिपय जिल्लामा हिजो एकैदिन एक सय मिलिमिटरभन्दा धेरै पानी परेको छ । रायबरेली, लखनउ, सुल्तानपुर र अयोध्यामा हिजो एक सय मिलिमिटर भन्दा धेरै पानी परेको छ ।