logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अफगानिस्तानमा तालिबानद्वारा छात्रालाई विद्यालय जान रोक


अंकुरण खबर
832
Shares

तालिबानले अफगानिस्तानका माध्यमिक विद्यालयमा पुरुष शिक्षक र छात्रलाई अध्ययनका लागि फर्किन निर्देशन दिएको छ भने छात्रालाई विद्यालय जानबाट वञ्चित गरेको छ ।

माध्यमिक तहका कक्षाहरू पुनः सञ्चालन गर्न उक्त इस्लामवादी समूहले प्रकाशित गरेको विज्ञप्तिमा महिला वा बालिकाको विषय उल्लेख गरिएको छैन ।

तालिबानले वाचा गरे पनि पछिल्लो कदमले अफगानिस्तान सन् १९९० को दशककै जस्ता कठोर शासनमा फर्किन लागेको सङ्केत दिएको छ ।

अर्को घटनाक्रममा शुक्रबार तालिबानले महिला मन्त्रालयलाई बन्द गरेको छ । तालिबानले त्यसको ठाउँमा कडा धार्मिक मान्यताहरू लागु गर्ने पुरानो निकाय स्थापना गरेको छ । एजेन्सी