
जापानका १०७ वर्षका दिदीबहिनीलाई गिनिस बुक अफ वर्ल्ड रेकर्ड्सले विश्वकै सबैभन्दा बढी उमेरको जुम्ल्याहा घोषणा गरेको छ।
ओमेनो सुमियामा र कोउमी कोदामा सोदासिमा टापुमा सन् १९१३ नोभेम्बर ५ मा एकैदिन जुम्ल्याहाका रुपमा जन्मिएका थिए। अर्थात् उनीहरु पहिलो र दोस्रो विश्वकपको युद्धभन्दा अगाडि जन्मिएका थिए।
उनीहरु प्राथमिक विद्यालय पढ्दापढ्दै छुट्टिएका थिए। कोदामाले क्युसुको ओइतामा अरुको घरमा काम गर्न थालिन भने सुमियामा घरमै परिवारसँग टापुमै रहिन्।
उनीहरु आफ्नो आमा पिताको कोखको तेस्रो र चौथो सन्तान थिए। उनीहरु ७० वर्ष पुगेपछि मात्र फेरि सँगै भएका थिए। सोमियामा र कोदामा १०७ वर्ष ३ सय दिन अगाडि जन्मिएका कारण उनीहरु विश्वमै सबैभन्दा बढी उमेरमा जुम्ल्याहा हुन्।
उनीहरु अगाडि १०७ वर्षकी किन नारिता र जिन कानिया विश्वका सबैभन्दा बढी उमेरका जुम्ल्याहा थिए। तर कोदामा र सोमियामा उनीहरुभन्दा १२५ दिन जेठी हुन् जसका कारण गिनिस वर्ल्ड रेकर्डले उनीहरुलाई पहिचान गरेको हो। वासिङ्टन पोस्ट