logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

यी महिलाले अनलाईनमा वीर्य अर्डर गरिन् र जन्माइन् बच्चा!


अंकुरण खबर
1.274K
Shares

बेलायतकी ३३ वर्षकी स्टेफाइन टाइलरले अनलाईनमा वीर्य अर्डर गरिन् र सो वीर्य बच्चा जन्माउन प्रयोग गरिन्। हाल उनले अनलाईन खरिद गरेको वीर्यबाट बच्चा जन्माइसकेकी छिन्।

द मिररका अनुसार टाइलरले छोरी जन्माएकी छिन्। छोरीका नाम इदेन राखिएको छ। यसअघि पूर्व पतिबाट उनको एक छोरा छ जो अर्को महिना पाँच वर्षमा प्रवेश गर्दैछन्।

श्रीमान नभएता पनि अर्को बच्चा जन्माउने चाहना भएपछि उनले अनलाईनमा वीर्य मगाएकी हुन्। बेलायतमा यतिबेला अनलाईन वीर्य खरिद गर्ने र सोही वीर्यबाट बच्चा जन्माउने चलन बढेको छ।

अनलाईनबाट मगाइने वीर्यबाट जन्मिने बच्चालाई ‘इबेबी’ भन्न थालिएको छ।

यसअघि उनी प्राइभेट क्लिनिकमा वीर्य खरिद गर्न गएकी थिइन् तर महँगो भएका कारण उनले खरिद गर्न सकिनन्। आफ्नो छोरा फ्र्यांकीको अनुहार भएको पुरुष खोजेर उनले गतवर्षको जनवरीमा ती व्यक्तिबाट वीर्य प्राप्त गरेका थिए।

उनले वीर्य यौनी हुँदै शरीरमा छिराउने सामग्री इन्सेमिनेसन किट ईबेबाट अनलाईन मागएकी थिइन्। अ बेबी एपबाट मगाएको वीर्य त्यसपछि उनले शरीमा प्रवेश गराएकी थिइन्।

आफू फेरि आमा बन्न पाउँदा उनी अत्यन्त खुशी छिन्। बेबी एप टिन्डरजस्तै एप हो जहाँ आफूले खोजेजस्तै पुरुष भेटिन्छ। यो एपमा वीर्य खरिद विक्री गर्न सकिने डेलीस्टारले जनाएको छ।