logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आप्रवासी समस्याः दास प्रथाको झल्को दिने अमेरिकी सुरक्षाकर्मीको व्यवहार


अंकुरण खबर
741
Shares

आप्रवासी

अमेरिकी सीमा सुरक्षाकर्मीहरूले घोडामा बसेर टेक्ससको रियो ग्रान्डी नदीनजिकै आप्रवासीहरूलाई लखेटेका तस्बिर तथा भिडिओहरू यतिबेला विश्वभर चर्चाको विषय बनेको छ। यो घटनाले अमेरिकामै विवाद सिर्जना भएको छ।

तस्बिरमा गोरा अमेरिकी सुरक्षाकर्मीले काला जातिका नागरिकलाई घोडाबाट लखेटी रहेको र पिटिरहेको देख्न सकिन्छ। यस्ता तस्बिरले अमेरिकामा शताब्दी अघिको दासप्रथा र नश्लवादी चिन्तनको झझल्को दिएको बताइएको छ।

पहिले गोराले कालालाई दास बनाएर काम लगाउँथे, पिट्थे। पछिल्ला तस्बिरहरुले तिनै पुराना घटना सम्झाएको हो। अमेरिका–मेक्सिको सीमामा एउटा नयाँ आप्रवासी सङ्कटबीच त्यस्ता दृश्यहरू देखा परेका हुन्। जहाँ गत साता धेरैजसो हेइटीका १२ हजार आप्रवासी अस्थायी शिविर बनाएर बसेका छन्।

अमेरिकी सपना बोकेर उनीहरु अवैध रुपमा अमेरिका घुस्न चाहने नागरिकहरु हुन्। देशमा राम्रो अवस्था नभएपछि उनीहरु उज्वल भविष्यको सपना बोकेर मेक्सिको र अमेरिकाबीचको सीममा छन्। उनीहरुलाई अमेरिका पस्न नदिन अमेरिकी प्रहरीले लाठी चार्ज गरेको हो।

आप्रवासी

अमेरिकी सरकारले आइतवार तीमध्ये सयौँलाई उनीहरूको देश फिर्ता पठाउनुका साथै डेल रियो सीमा बन्द गरेको थियो। त्यसलाई हाइटीका अन्य सयौँ नागरिकलाई मेक्सिकोतिरै फर्कन प्रेरित गर्ने कदमका रूपमा हेरिएको छ।

एएफपी समाचार संस्थाका फोटोग्राफर पल रात्जीले सीमा पार गर्ने ठाउँमा आप्रवासीहरू अमेरिका प्रवेश गर्ने र फर्कने क्रमका तस्बिरहरू खिचेका थिए।

ती फोटोग्राफरले द वासिङ्टन पोष्ट पत्रिकासँग भनेका छन्,‘अचानक केही प्रहरीहरू देखा परे र उनीहरूले मानिसहरूलाई लखेट्न थाले। त्यसपछि घोडामा आएका केही गस्ती प्रहरीले पनि आएर त्यसो नै गरे।’

अमेरिकाको सीमाबाट मेक्सिको खानेकुरा किनेर फेरि अमेरिकाको सीमामै फर्कदा उनीहरुमाथि अमेरिकी सुरक्षाकर्मीले कुटपिट गरेको बताइएको छ। एजेन्सी

आप्रवासी