logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आज भारत बन्दको आह्वान, राजधानी दिल्लीसहित प्रमुख शहरमा भारी जाम


अंकुरण खबर
1.092K
Shares

किसान संगठनहरुले आज भारत बन्द गरेका छन् ।

नयाँ कृषि कानूनको विरुद्ध आज भारत बन्दको आह्वान गरेका हुन् ।

संयुक्त किसान मोर्चा (एसकेएम) को नेतृत्वमा ४० भन्दा बढी किसान संगठनले बन्द गरेका हुन् । उनीहरुले तीन कृषि कानूनको विरूद्ध शुरु गरेको बन्द आज ४ बजे सम्म चल्ने बताइएको छ ।

एक दर्जन भन्दा बढी राजनीतिक दलहरुले किसान युनियन भारत बन्दको समर्थन गरेका छन् । बन्दलाई ध्यानमा राखी दिल्ली, यूपी र हरियाणामा प्रसस्त प्रहरी परिचालन गरिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।