भारतमा कोरोना संक्रमणका थप २१ हजारभन्दा बढी संक्रमित थपिएका छन् ।
अधिकारीहरुले शुक्रबार बिहान दिएको जानकारीअनुसार भारतमा थप २१ हजार २५७ जना सङ्क्रमित थपिएका हुन् ।
केन्द्रीय स्वास्थ्य मन्त्रालयले भारतमा पछिल्ला केही दिनदेखि दैनिक औसतमा २० हजार नयाँ सङ्क्रमित थपिने गरेको जनाएको छ । भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या दुई लाख ४० हजार २२१ जना रहेको पनि मन्त्रालयका अधिकारीहरुले जनाएका छन् ।
यो सङ्ख्या २०५ दिनपछिकै सबैभन्दा कम भएको पनि मन्त्रालयले जनाएको छ । भारतमा पछिल्लो समयमा दैनिक सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या बढ्दै गइरहेको र नयाँ थपिने सङ्क्रमितहरुको सङ्ख्या घट्दै गएकाले सक्रिय सङ्क्रमितहरुको सङ्ख्या पनि कम हुदै गएको हो । एजेन्सी