logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

उत्तर कोरियाली नेता किमद्वारा अजेय सैन्य शक्ति निर्माण गर्ने वाचा


अंकुरण खबर
767
Shares

उत्तर कोरियाली नेता किम जोङ उनले हतियार प्रणालीको एक दुर्लभ प्रदर्शनीको समीक्षा गर्दै एक ‘अजेय’ सैन्य शक्ति निर्माण गर्ने प्रतिज्ञा गरेका छन्।

उक्त अवसरमा आफ्नो उक्त भनाइ पुष्टि गर्दै अमेरिकाले तनाव पैदा नगर्ने र उत्तर कोरिया सँग कुनै शत्रुता नभएको प्रमाणित गर्ने कुनै कदम नचालेको आरोप समेत लगाएका छन्।

वाशिंगटन र सियोलका बीच स्पष्ट संवादको सन्दर्भ उल्लेख गर्दै भनेका छन् उक्त सेना निर्माणका लागि उनको अभियान दक्षिण कोरिया वा अरु कतैतिर लक्ष्यित छैन।

उनले स्पष्ट भनेका छन् अब कोरियाली जनता एक अर्काका विरुद्ध लड्नु हुँदैन।

किमले सोमबार ‘रक्षा विकास प्रदर्शनी ‘आत्मरक्षा २०२१’लाई सम्बोधन गर्दै एउटा कार्यक्रममा सत्तारुढ वर्कर्स पार्टीको ७६ औं वार्षिकोत्वका अवसरमा उक्त प्रदर्शनी आयोजना गरिएको हो।

सो प्रदर्शनीमा केही नयाँ हतियार सहित अन्तरमहाद्वीपीय ब्यालिस्टिक मिसाइल लगायतका अत्याधुनिक हतियारहरू राखिएका थिए। सैन्य परेडका दौरानमा प्रदर्शन गरिएका प्रायः ती हतियारहरू उत्तर कोरियाले पहिले नै परीक्षण गरिसकेको छ।

कोरियाली केन्द्रीय समाचार एजेन्सीले जनाएअनुसार नेता किङले अमेरिकाले बारम्बार उसका गतिविधिहरू उत्तर कोरिया विरुद्ध लक्ष्यित नभएको जनाए पनि विश्वस्त आधार र प्रमाण भने नदेखिएको जनाएका छन्।

उनले अमेरिकाले गलत निर्णय र कार्यद्यारा यस क्षेत्रमा तनाबको स्थिति सृजना गरिरहेको आरोप लगाएका छन्। एजेन्सी