logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

महिला, बालिकाको अधिकार पालना गर्ने वाचा पूरा गर्न तालिबानलाई आग्रह


अंकुरण खबर
897
Shares

संयुक्त राष्ट्र सङ्घ (यूएन)का महासचिव एन्टोनियो गुटेरेसले तालिबानलाई महिला र बालिकाहरूको अधिकार पालना गर्ने आफ्नो वाचा पूरा गर्न आग्रह गरेका छन् ।

महासचिव गुटेरेसले भनेका छन्, ‘तालिबानले अफगानिस्तानमा सत्ता कब्जा गरेपछि विभिन्न समयमा -अफगान नागरिक – महिला, बालबालिका, अल्पसङ्ख्यक समुदाय, पूर्व सरकारी कर्मचारीलगायतको अधिकारको रक्षा गर्ने वाचा गरेका छन्, त्यो पूरा हुनुपर्छ ।’

महासचिव गुटेरेसले तालिबानलाई महिला र बालिकाहरूसँग आफ्नो प्रतिज्ञा पूरा गर्नु अपिल गरेका छन् । उनले अन्तर्राष्ट्रिय मानव अधिकार र मानवीय कानुनअन्तर्गत आफ्नो दायित्व पूरा गर्न पनि जोड दिए ।

तालिबानले नागरिक अधिकारको रक्षा नगरे अन्तर्राष्ट्रिय प्रतिबन्ध थपिने चिन्ता बढेको महासचिव गुटरेसको भनाइ छ । एजेन्सी