logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अफगानिस्तानमा दादुरा तीब्ररुपमा फैलिदै


अंकुरण खबर
1.261K
Shares

पछिल्लो समय अफगानिस्तानमा दादुरा प्रकोप तीब्र बनेको छ ।

दादुराविरुद्धको खोप अभावका कारण अफगानिस्तानमा दादुरा प्रकोप तीब्र बनेको हो । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले सोमबार सो जानकारी दिएको हो ।

डब्ल्युएचओका प्रवक्ता माग्रेट ह्यारिसले दादुरा प्रकोपबाट यसवर्ष कम्तीमा ८७ बालबालिकाको मृत्यु भएको बताएकी छन् ।

‘यति मात्र नभइ भ्याक्सिन अभावका कारण अफगानिस्तानमा दादुरा प्रकोप तीब्ररुपमा फैलिरहेको छ,’ प्रवक्ता ह्यारिसले टोलो न्युजसँग भनेकी छन्, ‘यदि हामीले चाँडो कदम चालेनौं भने दादुराबाट मर्ने बालबालिकाको संख्या नराम्रोसँग बढ्नेछ ।’

डब्ल्युएचओले अफगानिस्तानमा दादुराविरुद्ध खोप उपलब्ध नगराएको त्यहाँका स्वास्थ्य अधिकारीहरुले टोलो न्युजसँग बताएका छन् ।

स्वास्थ्य अधिकारीहरुका अनुसार दादुरा सरुवा रोग हो । जुन एकदेखि पाँच वर्ष उमेर समूहका बालबालिकामा तीव्ररुपमा फैलिने गर्छ भने सो रोगको निदान दादुराविरुद्धको खोपबाट मात्र हुनेगर्छ । एजेन्सी