logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

‘एक चीन नीति’प्रति अमेरिका प्रतिबद्ध छ : अमेरिकी राष्ट्रपति बाइडेन


अंकुरण खबर
637
Shares

अमेरिकी राष्ट्रपति जो बाइडेनले ‘एक चीन नीति’प्रति अमेरिका प्रतिबद्ध रहेको बताएका छन् ।

न्यू ह्यामसायरमा आयोजित एक कार्यक्रममा बोल्दै राष्ट्रपति बाइडेनले ‘एक चीन नीतिप्रति’ अमेरिका प्रतिबद्ध रहेको बताएका हुन् ।

राष्ट्रपति बाइडेनले ताइवानसम्बन्धी ऐन बमोजिम ‘एक चीन नीति’को अमेरिकाले समर्थन गर्ने र सो क्षेत्रको यथा अवस्था परिवर्तन गर्ने कुनै पनि कदमको विरोध गर्ने बताएका छन् ।

उनले भनेका छन्, ‘हामीले आफ्नो नीतिमा बिल्कुल परिवर्तन गर्ने छैनौं । हामीले ताइवान सम्बन्धी ऐन ९ताइवान रिलेसन्स एक्ट०लाई समर्थन गर्छौं, भनेर प्रस्ट पारेका छौं । यो नै महत्वपूर्ण कुरा हो ।’

यसैक्रममा बाइडेनले स्वतन्त्र हुने ताइवानी आकांक्षालाई अमेरिकाले समर्थन गरिरहेको दाबी समेत अस्वीकार गर्दै भनेका छन्, ‘यो विषय हामीले होइन, ताइवानले नै निर्णय गर्ने विषय हो । हामीले स्वतन्त्रतालाई प्रोत्साहन गरेका छैनौं बरु ताइवानसम्बन्धी ऐन बमोजिम नै उनीहरूले गतिविधि गर्नुपर्ने कुरालाई प्रोत्साहन गरिरहेका छौं ।’ एजेन्सी