logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

चीनको हाइपरसोनिक हतियार अमेरिकाविरुद्ध प्रयोग गरिनसक्ने चेतावनी


अंकुरण खबर
715
Shares

अमेरिकाको शीर्ष सैन्य संस्था जोइन्ट चीफ्स अफ स्टाफका उपाध्यक्ष जनरल जोन हाइटनले चीनको हाइपरसोनिक स्पेस हतियार अमेरिकाविरुद्ध आकस्मिक आक्रमणका लागि प्रयोग गरिन सकिने चेतावनी दिएका छन् ।

बेइजिङसँग अत्याधुनिक हाइपरसोनिक प्रविधि रहेको पनि उनले स्वीकार गरे ।

गत जुलाई महिनामा चीनले ध्वनिको भन्दा पाँच गुणा बढी गतिमा क्षेप्यास्त्र पृथ्वीमा परिक्रमा गराएको थियो ।

हाइटनले भने, ‘उनीहरूले लामो दूरीको क्षेप्यास्त्र प्रहार गरे । त्यो संसारभरि घुम्यो र त्यसले हाइपरसोनिक ग्लाइड भेहिकल झार्‍यो जुन चीनसम्म पुग्यो । त्यो चीनको एक ठाउँमा ठोकियो ।’

उक्त हतियार निर्धारित लक्ष्य नजिक पुगेको उनले बताए । त्यसलाई हाइटनले स्पुतनिक क्षणसँग तुलना गरे । सन् १९५७ मा रुसले अन्तरिक्षमा पठाएको पहिलो कृत्रिम भूउपग्रहले अमेरिकालाई आश्चर्यचकित बनाएको थियो ।

चीनको नयाँ हतियारले पनि अमेरिकी अधिकारीहरूलाई आश्चर्यमा पारेको छ किनकि उक्त हतियारले भौतिकशास्त्रको नियमलाई तोडेको छ । अमेरिकाको कुनै पनि हतियारभन्दा त्यो उत्कृष्ट छ ।

हाइटनले चीनको यो हतियार पहिले प्रयोग गर्न मिल्ने बताए । चीनले कुनै दिन अमेरिकामाथि एक्कासि आणविक आक्रमण गर्न यसको उपयोग गर्ने हाइटनको विश्वास छ । चीनले आणविक हतियार पहिले आफैंले आक्रमणका लागि प्रयोग नगर्ने नीति लिएको छ । एजेन्सी