logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

गणतन्त्र दिवसमा नेपालसहित बिमस्टेकका राष्ट्र वा सरकार प्रमुखलाई बोलाउने भारतको तयारी


अंकुरण खबर
793
Shares

भारतले ७३औं गणतन्त्र दिवसका अवसरमा नयाँदिल्लीमा आयोजना गर्ने विशेष समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवासहित बंगालको खाडीको बहुपक्षीय आर्थिक तथा प्राविधिक सहकार्यको प्रयास (बिमस्टेक) का राष्ट्र वा सरकार प्रमुखलाई बोलाउने तयारी गरेको छ।

आगामी जनवरी २६ मा हुने समारोहमा नेपालसहितका बिमस्टेक सदस्यलाई निम्तो दिने तयारी अगाडि बढाउने क्रममा भारतीय विदेश मन्त्रालयले सबै देशलाई कार्यक्रममा सहभागी हुन समय उपलब्ध हुने वा नहुने भन्ने विषयमा कूटनीतिक च्यानलबाट सम्पर्क गरेको इन्डियन एक्सप्रेसले जनाएको छ। सबै देशका नेताबाट कार्यक्रममा सहभागी हुने सुनिश्चित भएपछि मात्रै अतिथिको सूची सार्वजनिक गर्ने जनाइएको छ।

नेपाल, भारत, बंगलादेश, म्यानमार, श्रीलंका, थाइल्यान्ड र भुटान बिमस्टेकका सदस्य राष्ट्र हुन्। आफ्नो रणनीतिक तथा कूटनीति चासो, व्यापारिक स्वार्थ, अन्तर्राष्ट्रिय भूराजनीतिलाई मध्यनजर गरेर गणतन्त्र दिवसमा बिमस्टेकका रहेका राष्ट्रका सरकार प्रमुखलाई अतिथि बनाउने तयारी गरेको विश्लेषण गरिएको भारतीय सञ्चारमाध्यमले जनाएको छ।

यसअघि प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो प्रधानमन्त्रित्वको दोस्रो कार्यकाल सुरु गर्ने बेला सन् २०१९ को मेमा आयोजित शपथ ग्रहण समारोहमा पनि बिमस्टेकसम्बद्ध मुलुकका राष्ट्ररसरकार प्रमुखलाई डाकिएको थियो।