logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बुल्गेरियामा गुडिरहेको बसमा आगो लाग्दा ४५ जनाको मृत्यु


अंकुरण खबर
1.742K
Shares

युरोपेली मुलुक बुल्गेरियामा गुडिरहेको एउटा बसमा आगो लाग्दा कम्तीमा ४५ जनाको मृत्यु भएको छ।

मंगलबार बिहान २ बजेतिर पश्चिम बुल्गेरियाको स्ट्रुमा राजमार्गमा उक्त घटना भएको अधिकारीहरूलाई उल्लेख गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ।

बसमा पहिला आगो लागेर पछि दुर्घटनामा परेको हो कि दुर्घटनामा परेपछि आगो लागेको हो भन्ने प्रष्ट भइसकेको छैन। मृत्यु हुनेमा केही बच्चाहरू पनि छन्।

मृत्यु हुनेमा धेरैजसो आफ्ना नागरिक रहेको सोफियास्थित नर्थ मेसेडोनियाको राजदूतावासले जनाएको छ। नर्थ मेसेडोनिया बुल्गेरियाको छिमेकी मुलुक हो जुन सन् १९९१ मा स्वतन्त्र भएको थियो।

उक्त बसमा नर्थ मेसेडोनियाका ५२ जना पर्यटकहरू चढेको समाचार संस्था तासले उल्लेख गरेको छ।  बिबिसीका अनुसार उक्त बस टर्कीबाट नर्थ मेसेडोनिया जाँदै थियो।

बसमा आगो लाग्दा जलेका सात जनालाई उपचारका लागि राजधानी सोफियाको अस्पतालमा लगिएको छ।