logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नयाँ दिल्लीका स्कुल अनिश्चितकालका लागि बन्द


अंकुरण खबर
1.014K
Shares

दिल्ली प्रदेश सरकारले राजधानी नयाँ दिल्लीका सबै स्कुलहरु अनिश्चित कालका लागि बन्द गर्न आदेश दिएको छ।

बढ्दो बायुप्रदुषणका कारण अर्को सूचना जारी नभएसम्मका लागि स्कुल बन्द गर्न आदेश भएको भारतीय सञ्चार माध्यमले जनाएका छन।

भारतको सर्वोच्च अदालतले बिग्रँदो वायु प्रदूषणबीच बालबालिकाका लागि भौतिक कक्षा सञ्चालन गर्ने अरविन्द केजरीवाल सरकारको आलोचना गरेपछि शुक्रबारदेखि सबै विद्यायल बन्द गरिन लागिएको हो।

त्यस्तै अदालतले केन्द्र सरकारलाई २४ घण्टाभित्र वायु प्रदूषण नियन्त्रणसम्बन्धी योजना ल्याएर कार्यान्वयन गर्न समेत भनेको छ।

दिल्ली सरकारले प्रदूषण धेरै भएका ठाउँहरूमा यस अगाडिदेखि नै विद्यालय बन्द गरेको थियो। तर अझै कैयौँ बालबालिका विद्यालय गइरहेको देखिएकाले तत्काल विद्यालय बन्द गर्न सर्वोच्च अदालतले आदेश दिएको हो। सरकारले भोलिदेखि विद्यालय बन्द गरेरनगरेको अनुगमन गर्ने जनाएको छ।

नोभेम्बरका ११ दिन दिल्लीमा वायु प्रदूषणको स्तर अहिलेसम्मकै खराब थियो।