logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

विवादको कारण रानु मण्डल फेरी भाइरल


अंकुरण खबर
1.976K
Shares

लता मंगेश्वकरको गीत गाएर रातारात भाइरल भएकी रानु मण्डल विवादमा परेकी छन् । उनी यो पटक कुनै गीतको कारण नभइ विवादको कारण भाइरल भएकी हन् ।

रानु मण्डल भाइरल हुनुको कारण उनीमा भएको घमण्ड हो । दुखी जीवन विताउदै आएकी रानु मण्डल एक गीतको कारण विश्वभर चिनन् पुगिन् । उनी एक गायिका मात्र होइन सेलिब्रटी बनिन् ।

केही दिन अगाडी रानु मण्डलको एक भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । जसमा उनको फ्यानले उनलाई सेल्फी खिच्न आग्रह गर्दा त्यसलाई नर्कादै निस्किएकी थिइन् । त्योसंगै फेरी उनको अर्को भिडियो सार्वजनिक भएको छ ।

जसमा एक रिर्पोटरले उनलाई प्रश्न गरेका छन् –‘तपाइलाई सपना साचो हुन्छ भन्ने कुरामा यकिन थियो की थिएन । यती ठूलो खुसीबाट तपाईको जीवनमा के भएको छ ? रिर्पोटरले यो प्रश्न गर्दा रानु मण्डल पपकन खाइ रहेकी थिइन् ।

उनले मुहारमा केही परिवर्तन आएको थियो । उनले प्रश्नको जवाफ नदिइ भनिन् मैलै केही सुनिन् फेरी भन्नु त ? रानु मण्डलको यो व्यवहार देखेर दर्शकले उनको आलोचना गरेका छन् । एजेन्सी