logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

विश्वभर २४ करोड २२ लाख संक्रमित निको भए, एकैदिन ७ हजार बढीको ज्यान गयो


अंकुरण खबर
793
Shares

विश्व स्वास्थ्य संगठनद्वारा हरेक दिन जारी गर्ने कोरोना अपडेटका अनुसार दैनिक संक्रमण दर र मृत्यु दर घटबढ भइरहेको देखाएको  छ ।

निको हुनेको संख्या बढिरहेको पाइएको छ । नेपालमा केही दिन यतादेखि कोरोना संक्रमितको संख्या घटिरहेको छ र निको हुनेको संख्या बढिरहेको छ । त्यस्तै, मृत्यु हुनेको संख्या पनि घट्दो क्रममा रहेको छ ।

विश्व स्वास्थ्य संगठनले जारी गरेको गत २४ घण्टाको अपडेट अनुसार कोरोना भाइरस संक्रमणबाट एकैदिन ७ हजार २२७ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा विश्वभर कोरोना संक्रमणबाट ७ हजार २२७ को मृत्यु भएको हो ।

त्यस्तै, विगत २४ घण्टामा विश्वभर ५ लाख ९३ हजार ९९४ जनामा कोरोना संक्रमण पुष्टि भएको विश्व स्वास्थ्य संगठनले जानकारी दिएको छ ।

विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म २६ करोड ८२ लाख ९३ हजार २२४ जनामा कोरोना संक्रमण भएको छ । त्यस्तै, २४ करोड २२ लाख १९ हजार ४१५ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

विश्व स्वास्थ्य संगठनले उपलब्ध गराएको पछिल्लो तत्थ्यांक अनुसार ५३ लाख १० हजार ७३६ जनाको कोरोना संक्रमणबाट ज्यान गइसकेको छ ।

नेपालमा हालसम्म कोरोना संक्रमणबाट ११ हजार ५५२ को ज्यान गएको छ । ५ हजार ९९७ जना सक्रिय संक्रमित रहेका छन् भने ८ लाख २३ हजार ७८६ जनामा संक्रमण भइसकेको छ ।

त्यस्तै, ८ लाख ६ हजार २३७ सय जना संक्रमित निको भइसकेका छन् ।