logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

फ्रान्सेली राष्ट्रपति म्याक्रोँद्वारा युक्रेनलाई क्षेत्रीय अखण्डता, सार्वभौमसत्ता जोगाउन सहयोग गर्ने वाचा


अंकुरण खबर
507
Shares

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग फोन वार्तामा फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँले शुक्रबार किभलाई आफ्नो सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको रक्षा गर्न मद्दत गर्ने फ्रान्सको दृढ संकल्प व्यक्त गरेका छन् ।

युरोपेली संघले रुसलाई आफ्नो दक्षिण–पश्चिमी छिमेकीसँगको सीमामा सेना जम्मा गरेर युक्रेनमा आक्रमण गरे त्यसको परिणाम भोग्नुपर्ने चेतावनी दिएपछि यो वाचा आएको फ्रान्स २४ ले बताएको गरेको छ।

म्याक्रोँका अनुसार दुबै राष्ट्रपतिहरूले युक्रेन, रुस, फ्रान्स र जर्मनीलाई समावेश गर्ने चार–तर्फी नर्मन्डी ढाँचा अन्तर्गत वार्ता पुनः शुरु गर्ने आवश्यकतामा सहमित भएको छ।

फ्रान्सेली राष्ट्रपतिले आगामी दिनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग कुरा गर्ने र आगामी डिसेम्बर १५ मा ब्रसेल्समा जेलेन्स्कीसँग फेरि कुरा गर्ने बताएका छन्।

युक्रेनी सीमा नजिक रसियाले भर्खरै सेना निर्माण गरेपछि पूर्वी युरोपमा तनाब बढिरहेको छ । एजेन्सी