logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

निर्वाचनमा हारेपछि दलितलाई कुटेको भिडियो भाइरल


अंकुरण खबर
507
Shares

भारतमा पंचायतको निर्वाचनमा पराजित भएपछि एक स्थानीय नेताले दुई जना दलितलाई निर्घातपूर्ण रुपमा कुटेका छन् ।

दतिलकै कारण आफू पराजित भएको भन्दै पन्चायतको प्रमुखका उम्मेदवार बलवान्त सिंहले दलितलाई निर्धात कुटेका हुन् । दलितहरुले आफूलाई मतदान नगरेको उनले आरोप लगाएका छन् ।

दुबै जना दलितहरुले मदिरा सेवन गरेर मतदानस्थलमा मतदाता भड्काएको उनले आरोप लगाएका छन् । सिंहले दलितलाई कुटेको भिडियो सामाजिक संजालमा भाइरल बनेको छ । भाइरल भिडियोमा सिंहले दुई जना कथित दलित समुदायका व्यक्तिकाे गर्धन समाएर सडकमा लक्षारपछार गरेको देखिन्छन् ।

घटनापछि सिंहलाई प्रहरीले पक्राउ गरेको छ । दलितलाई उनले दुर्व्यवहार गरेको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।