logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बलिउड अभिनेत्री कंगनालाई मुम्बई पुलिसमा पेश हुन आदेश


अंकुरण खबर
1.144K
Shares

बलिउड अभिनेत्री कंगना रनौतलाई डिसेम्बर २२ भन्दा पहिला नै मुम्बई पुलिसमा उपस्थित हुनका लागि बम्बई हाइकोर्टले आदेश दिएको छ ।

उनी विरुद्ध दर्ता भएको मुद्दाको सुनुवाइका क्रममा उनलाई यस्तो आदेश दिएको हो ।

सरकारले कृषि कानून फिर्ता लिए पछि कंगनाले सामाजिक सञ्जालमा ‘खालिस्तानी आतंकवादी’ भन्दै आक्रोशपूर्ण अभिव्यक्ति दिएकी थिइन् ।

यस पछि विभिन्न ठाउँमा कंगनाविरुद्ध जाहेरी दर्ता भएको छ ।