logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

दक्षिण अफ्रिकामा ओमिक्रोन भेरियन्टबाट पहिलो पटक एक व्यक्तिको मृत्यु


अंकुरण खबर
559
Shares

कोभिड– १९ को नयाँ भेरियन्ट ओमिक्रोनले पहिलोपटक एक व्यक्तिको मृत्यु भएको छ ।

बेलायतमा एक संक्रमितको मृत्यु भएको सोमबार प्रधानमन्त्री बोरिस जोनसनले पुष्टि गरेका हुन् ।

‘दुःखद, एक बिरामीको ओमिक्रोन भेरियन्टबाट ज्यान गएको पुष्टि भएको छ,’ लन्डनमा खोप क्लिनिकको भ्रमणका क्रममा जोनसनले पत्रकारहरूसँग भने । बेलायतमा ओमिक्रोन तीव्र रूपमा फैलिरहेको छ । नियन्त्रणका लागि कडा प्रतिबन्ध लगाइएको छ । प्रधानमन्त्री जोनसनले स्वास्थ्य संकटबाट जोगिन सबैलाई बुस्टर डोज चलाउन निर्देशन दिएका छन् । त्यसले भाइरसलाई जित्न सघाउने बताएका छन् ।

‘ओमिक्रोन बेलायतमा धेरै छिटो फैलिरहेको छ । दैनिक दोब्बर संक्रमित बढिरहेका छन् । हामीले यस्तो यसअघि कहिल्यै देखेका थिएनौँ,’ जोनसनले देशवासीलाई सचेत गराउँदै भने, ‘मानिसहरूले ओमिक्रोन एक हल्का संस्करण हो भन्ने विचारलाई पन्छाउनुपर्छ ।’

विश्वमै पहिलोपटक दक्षिण अफ्रिकी मुलुक बोत्सवानामा २४ नोभेम्बरमा उक्त भेरियन्ट पुष्टि भएको थियो । त्यसको तीन दिनपछि २७ नोभेम्बरमा बेलायतमा पनि संक्रमित भेटिएका थिए । एजेन्सी