logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एकै दिन जन्मेका चार दिदीबहिनीको एकै मण्डपमा विवाह


अंकुरण खबर
845
Shares

भारतको केरल राज्यमा एकै दिन जन्मेका चार जना दिदीबहिनीको एकै दिन विवाह हुने भएको छ ।

एक भाइसमेत रहका ४ जना दिदीबहिनीको एकै मण्डपमा विवाह हुने खवर अहिले भारतीय सञ्चार माध्ययममा भाइरल बनिरहेको छ ।

उनीहरु पाँच जना एकै दिन जन्मेका थिए । स्थानिय अस्पतालमा जन्मेका चार दिदीबहिनी मध्ये उथराजा, उथारा, उथम्मा, उथरा र उनका भाई उथराजनको जन्म सन् १९९५ नोभेम्बर १८ गते भएको थियो ।

उनीहरुको आमालाई मुटु सम्बन्धि रोगले च्यापेपछि उपचार गराउदा गराउदै आर्थिक अभावले उनका बुवाले आत्महत्या गरेका थिए ।

लामो संघर्षले परिवारको अवस्था सुधार गर्न अगाडी बढेको उनीहरु अहिले एक जना युवती फेसन डिजानर, एक जना पत्रकार तथा दुई बहिनी एनेस्थेसिया टेक्निसियनको रुपमा काम गर्दे आएका छन् ।

उनका भाई भने सप्टवेयर इन्जिनियरको रुपमा काम गरिरहका छन । एजेन्सी