शुक्रबार इराकमा अविरल वर्ष पछि बाढी आउदा त्यहाँ कार्यरत दुई नेपालीको ज्यान गएको छ ।
ज्यान जानेमा दोलखाका पाल्देन शेर्पा र मोरङका औराज राई रहेका छन् ।
इराकको कुर्दिस्तान भन्ने ठाँउमा आएको अर्विल बर्षका कारण उनीहरु चढेको सवारी साधन बगाउदा ज्यान गएको कुर्दिस्तान नेपाली समाजले जनाएको छ ।
दोलखाका पाल्देन शेर्पा एक हप्ता र मोरङका औराज राई एक महिना अगाडि मात्रै इराक पुगेका थिए । उनीहरु कार्यरत कम्पनीमा सहकर्मीहरुले नेपालमा शव पठाउनु पर्ने र उचित क्षतिपूर्ति दिनु पर्ने माग राख्दै शुक्रबार काम रोके पछि कम्पनीले शवको व्यवस्थापन र उचित क्षतिपूर्ति दिने आश्वासन भने दिएको छ ।
इराकमा आएको अविरल वर्षा पछि बाढी आउँदा अर्विल लगायतका क्षेत्रहरुमा ठूलो क्षति पुगेको छ ।