logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आतंकवाद विरोधी युद्धमा पाकिस्तान सहभागी हुनु गम्भीर भूलः इमरान खान


अंकुरण खबर
975
Shares

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले अफगानिस्तानमा आतंकवाद विरोधी २० वर्ष लामो अमेरिकी युद्धमा पाकिस्तान सहभागी हुनु गम्भीर भूल भएको बताएका छन् । सर्वसाधारणको हितभन्दा पनि ‘डलर’का लागि देश युद्धमा होमिएको उनले बताए ।

राजधानी इस्लामाबादमा विदेश मन्त्रालयका अधिकारीहरुलाई सम्बोधन गर्दै प्रधानमन्त्री खानले भने, ‘अमेरिकी युद्धमा पाकिस्तान संलग्न हुनुकाे कारण मलाई राम्राेसँग थाहा छ । तर, आमपाकिस्तानीलाई यसबारे कुनै जानाकारी दिइएन, ’ उनले भने ।

सन् २००१ मा तत्कालिन सेना प्रमुख जनरल पर्भेज मुसरफले आतंकवादविरुद्धको अमेरिकी युद्धमा पाकिस्तानले पनि सहयोग गर्ने घोषणा गरेको थिए ।

एक प्रसंगमा प्रधानमन्त्री खानले पाकिस्तानले अफगानिस्तानलाई निरन्तर सहयोग गर्ने बताए । खानले यसअघि पाकिस्तान पिुपल्स पार्टी (पीपीपी) र पूर्वप्रधानमन्त्री नवाज सरिफको पार्टी पाकिस्तान मुस्लिम लिग–नवाजको विरोध गरेका थिए ।

पाकिस्तान तेहरिक–इ–इन्साफ पार्टीका प्रमुखसमेत रहेका खानले पाकिस्तान मुस्लिम लिग–नवाज र पीपीपीको आलोचना गर्दै ती पार्टी नभएर केबल परिवारको विरासत मात्र भएको आरोप लगाएका थिए ।

ती पार्टीका नेताहरुले भ्रष्टाचारको प्रबद्धन गरेको र देशलाई तहस नहस गरेको उनले आरोप लगाएका थिए ।