logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भारतमा ४२२ जनामा देखियो ओमिक्रोन, अधिकांश संक्रमित खोप लगाएका


अंकुरण खबर
494
Shares

भारतमा कोभिडनको नयाँ भेरियन्ट ओमिक्रोनबाट संक्रमित हुनेको संख्या ४२२ पुगेको छ । संक्रमित मध्ये सवैभन्दा बढी महाराष्ट्रका छन् । सकारले कोभिड विरुद्ध अग्रमोर्चामा खटिएका र ६० वर्षमाथिका बृद्धबृद्धालाई बुस्टर डोज दिने तयारी गरेको छ ।

महाराष्ट्रमा १०८ जनामा नयाँ भेरियन्ट देखिएको छ । केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार ओमिक्रोनबाट संक्रमित ४२ जना निको भएर घर फर्किएका छन् ।

त्यस्तै, दिल्ली र गुज्रातमा क्रमशः ७९ र ४३ जनामा ओमिक्रोन देखिएको छ । दक्षिणी तेलंगना राज्यमा ४१ जना र केरलामा ३८ जनामा ओमिक्रोन देखिएको छ ।

ओमिक्रोन संक्रमितमध्ये धेरैले कोभिड खोप लगाएको बताइएको छ ।

एजेन्सी