logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सर्पले टोक्यो सलमान खानलाई


अंकुरण खबर
468
Shares

वलिउड अभिनेता सलमान खानलाई सर्पले टोकेको छ । आइतबार बिहान पानभेल स्थित आफ्नै फार्म हाउसमा खानलाई सर्पले टोकेको हो । सर्पले टोके पछि उनलाई अस्पताल लगिएको थियो ।

उनलाई विष नभएको सर्पले टोकेको जनाइएको छ । उपचार पछि उनी आइतबार विहानै डिस्चार्ज गरिएको थियो । खान अहिले घरमै आराम गरिरहेका छन् ।

सलमानको फार्म हाउस ठूलो छ । फार्म हाउसमा बोटबिरुवा र झाडी छन् । त्यहाँ विभिन्न वनस्पति र चराचुरुङ्गी तथा जनवार समेत छन् । उनको भोली अर्थात २७ डिसेम्बरमा जन्म दिन हो ।

एजेन्सी