logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

इन्डोनेसियाले ठूलो दुर्घटनामा परेको बोइङ ७३७ म्याक्स विमानमाथिको प्रतिबन्ध हटायो


अंकुरण खबर
585
Shares

इन्डोनेसियाले बोइङ ७३७ म्याक्स विमानमाथिको प्रतिबन्ध हटाएको छ।

सन् २०१८ अक्टोबर २९ मा लायन एयरको विमान दुर्घटनामा परेपछि इन्डोनेसियाले बोइङको ७३७ म्याक्स विमानमाथि प्रतिबन्ध लगाएको थियो। इन्डोनेसियाको सो विमान दुर्घटनामा पर्दा १८९ जनाको मृत्यु भएको थियो।

त्यस लगत्तै २०१९ मा पनि इथोपियन एयरलाइन्सको सोही मोडलको विमान दुर्घटनामा पर्दा १५७ जनाको मृत्यु भएको थियो।

यसै हप्ताको सोमबार इथोपिया एयरलाइन्सले आगामी फेब्ररीबाट देशमा सो मोडलको विमानले उडान सुचारु गर्नसक्ने जानकारी दिएको हो।

अस्ट्रेलिया, जापान, भारत, मलेसिया र सिंगापुर लगायत १८० भन्दा बढी देशले पनि बोइङको ७३७ म्याक्स विमानलाई उडानको अनुमति दिएको छ।

सो विमान लगातार दुर्घटनामा परेपछि त्यस्ता मोडलका विमानहरु संसारभर प्रतिबन्ध लगाइएको थियो। विमानको सफटवेयरमा समस्या देखिएको थियो। बीबीसी