logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

चीनले ताइवानको हवाई क्षेत्रमा गर्‍यो ९५० पटक अतिक्रमण


अंकुरण खबर
416
Shares

चीनको जनमुक्ति सेनाको हवाई फौज (पीएलएएएफ) ले यो वर्ष ताइवानको हवाई क्षेत्रमा ९५० पटक सम्म अतिक्रमण गरेको  ताइवानले जनाएको छ ।

चीन र ताइवानबीच तनाब बढिरहेका बेला ताइवानको रक्षा क्षेत्रमा पीएलएएएफका विमानले अतिक्रमण गरेका हुन् । यो अतिक्रमण अघिल्लो वर्षको तुलनामा ६० प्रतिशतले बृद्धि भएको ताइवानले जनाएको छ ।

मुख्य राजनीतिक विषयहरुमा दुई देशबीच तनाब बढिरहेका बेला आगामी वर्ष अझै धेरै उडान बृद्धि हुन सक्ने प्राप्त विवरणहरुमा जनाइएको छ । ताइवानले आफूलाई स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न देश बताए पनि चीनले त्यसलाई आफ्नो एउटा अभिन्न प्रान्तको रुपमा लिँदै आएको छ ।

ताइवानले औपचारिक रुपमा स्वतन्त्रताको पक्षमा अगाडि बढे चीनले कठोर कदम चाल्ने बेइजिङले चेतावनी दिँदै आएको छ ।

ताइवानको उत्तेजक गतिविधि र बाह्य हस्तक्षेप आगामी वर्ष पनि बढ्न सक्ने भन्दै चीनस्थित ताइवान मामिला कार्यलयका प्रवक्ता मा सिएओगुआंगले बताएका छन् । एजेन्सी