logo
  • मङ्लबार, कार्तिक १८, २०८३ / Tuesday, Nov, 03 ,2026

सोमालियाको राजधानीमा बम बिस्फोट हुँदा ८ जनाको मृत्यु


अंकुरण खबर
1.599K
Shares

सोमालियाको राजधानी  मोगादिसुमा एउटा कार बम बिस्फोट हुँदा कम्तिमा ८ जनाको मृत्यु भएको छ ।

विमानस्थल जाने सडकमा भएको सो बिस्फोटमा केही मानिस घाइते भएका छन् ।

बिस्फोटका कारण वरपरका घरका भवन र मस्जिद चर्किएका छन् ।

बिस्फोट स्थलनजिक एउटा चर्च रहेको र बिस्फोटकमो समयमा त्यहाँ प्रार्थना भइरहेको प्राप्त समाचारमा जनाइएको छ । बिस्फोटको जिम्मा कुनै समूहले लिएको छैन् ।

बिस्फोटमा अतिवादी समूहको संलग्ना रहेको हुन सक्ने सरकारले अनुमान गरेको छ । एजेन्सी