logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

दक्षिण कोरियामा एकै दिन अहिलेसम्मकै धेरै कोरोना संक्रमित


अंकुरण खबर
1.053K
Shares

दक्षिण कोरियामा कोरोना भाइरसको महामारी सुरु भएयताकै एकै दिनमा सबैभन्दा धेरै भाइरस संक्रमित देखिएका बताइएको छ।

दक्षिण कोरियाका स्वास्थ्य अधिकारीहरुले दिएको जानकारी अनुसार अहिले एकैदिनमा १४ हजार जनाभन्दा बढी संक्रमित देखिएका छन्। यो संक्रमण संख्या यहाँ कोरोना भाइरसको महामारी सुरु भएयताकै सबैभन्दा धेरै भएको बताइएको छ।

यहाँका स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ गएको २४ घन्टामा १४ हजार ५७१ जना संक्रमित थपिएका छन्। अहिलेसम्ममा दैनिक संक्रमित भएकामध्ये पछिल्लो २४ घण्टामा संक्रमितको संख्या सबैभन्दा धेरै देखिएको बताइएको छ।

उनीहरुका अनुसार दक्षिण कोरियामा पछिल्लो २४ घण्टामा यी संक्रमितसहित कोरोना भाइरसबाट संक्रमित भएकाहरुको कुल संख्या ७ लाख ७७ हजारभन्दा बढी पुगेको छ ।कोरियाली रोग नियन्त्रण केन्द्रले बिहीबार सार्वजनिक गरेको विवरणअनुसार दक्षिण कोरियामा कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट धेरै मात्रामा फैलिएको छ।

पछिल्ला दिनहरुमा ओमिक्रोन भेरियन्ट फैलिनुका साथै अस्पताल भर्ना हुनेहरुको संख्या पनि बढेको कोरियाली रोग नियन्त्रण केन्द्रले जानकारी दिएको छ। सबैभन्दा बढी राजधानी सोलमा देखिने गरेका छन्। त्यस्तै बाहिरबाट आएका नागरिकहरुमा संक्रमण देखिने पनि गरेको बताइएको छ।

गएको २४ घन्टामा ३४ जनाको निधन पनि भएको छ। अहिलेसम्म यो संक्रमणबाट ज्यान जाने व्यक्तिको संख्या ६ हजार ६५४ जना पुगेको पनि बताइएको छ। एजेन्सी