logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

भारतीय विदेशमन्त्रीलाई कोरोना संक्रमण


अंकुरण खबर
754
Shares

भारतका विदेशमन्त्री एस जयशंकरलाई पनि कोरोना भाइरसको संक्रमण भएको छ।

उनले बिहीबार पीसीआर परीक्षण गराएको र उनलाई कोरोना भाइरसको संक्रमण भएको भारतीय विदेश मन्त्रालयले जानकारी दिएको छ।

विदेशमन्त्री जयशंकरले पनि ट्वीट गर्दै आफूलाई कोरोना भाइरसको संक्रमण भएको भन्दै केही दिनयतादेखि आफ्नो सम्पर्कमा रहेका अरु व्यक्तिहरुलाई पनि कोरोना भाइरसबाट सतर्क रहन आग्रह गरेका छन्।

भारतले पनि कोरोना भाइरसको तेस्रो लहरको सामना गरिरहेको छ। बिहीबारमात्र भारतमा २ लाख ८६ हजारभन्दा बढी नागरिकमा कोरोना भाइरसको संक्रमण देखिएको भारतको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।