इराकमा सरकार विरोधी प्रदर्शन हिंसात्मक बन्दै गएको छ । गएको महिना इराकमा सरकार विरोधी प्रदर्शन सुरु भएको हो । त्यसयता सुरक्षाकर्मी र प्रदर्शनकारीबिच झडप हुँदै आएको छ ।
पछिल्ला दिनमा भएका घटनामा कम्तिमा ४० जनाको ज्यान गएको छ । इराकको दक्षिणी शहर नासिरियामा सुरक्षाकर्मीले चलाएको गोली लागेर कम्तिमा २५ जनाको ज्यान गएको छ ।
बग्दादमा अरु चार प्रदर्शनकारीको ज्यान गएको छ । यस्तै नाजाफ शहरमा भएको घटनामा अरु १० जनाको ज्यान गएको छ ।
रोजगार सिर्जना, भ्रष्टाचारको अन्त्य तथा सुधारिएको सार्वजनिक सेवाको माग गर्दै इराकमा प्रदर्शन हुँदै आएको छ ।