logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

दक्षिण कोरियामा एकैदिन १ लाख ३९ हजार कोरोना संक्रमित


अंकुरण खबर
832
Shares

दक्षिण कोरियामा एकै दिनमा १ लाख ३९ हजार जना कोरोना भाइरसका संक्रमित भेटिएका छन्।

आइतबार मध्यराति सम्म ती संक्रमित पाइएको बताइएको छ । तर पनि अघिल्लो दिनको तुलनामा भने यी संक्रमितको संख्या घटेको हो। यहाँ गत शनिबार १ लाख ६३ हजार जना संक्रमित पाइएका थिए।

यहाँ अहिलेसम्म ३१ लाखभन्दा बढी संक्रमित पाइएका छन्। सुरुका पहिलो र दोस्रो लहरमा संक्रमितहरु नबढेको यहाँ पछिल्लो अर्थात् तेस्रो लहरमा भने प्रतिदिन बढ्दै गएको पाइएको छ।

यहाँ ओमिक्रोन भाइरसको संक्रमण निकै तिव्र गतिमा बढेको पाइएको हो। तर पछिल्ला केही दिनमा भने सो संक्रमण दर घट्दै गएको बताइएको छ।