logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पाकिस्तानको पेशावरस्थित शिया मस्जिदमा बम विस्फोट, २० जनाको मृत्यु


अंकुरण खबर
806
Shares

पाकिस्तानको पेशावर सहरमा रहेको एक शिया मस्जिदमा शुक्रबार बम बिस्फोट हुँदा कम्तिमा २० जनाको मृत्यु भएको छ ।

शुक्रबार नमाजको समयमा उक्त विस्फोट भएको स्थानीय प्रहरीले जनाएको छ । विस्फोटमा परी दर्जनौं घाइते भएका छन् ।

उद्धार कार्य जारी रहेकोले घाइतेको संख्या अझ बढ्न सक्ने प्रहरीले जनाएको छ । घटनास्थलबाट १५ वटा एम्बुलेन्समा घाइतेहरु अस्पताल तर्फ पठाइएको छ ।

स्थानीय मिडियाहरुले विस्फोटलाई हात्मघाती आक्रमण भएको उल्लेख गरेका छन् ।