logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

रुसले चीनसँग हतियार र सहयोग मागेको अमेरिकाको दावी


अंकुरण खबर
975
Shares

रुसले चीनसँग हतियार र सहयोग माग गरेको अमेरिकाले दावी गरेको छ ।

अमेरिकी सरकारी अधिकारीहरुले विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यममार्फत यस्तो दावी गरेका हुन् । रुस र चीनले भने यसबारे अहिलेसम्म कुनै प्रतिक्रिया जनाएका छैनन् ।

अमेरिकाको वाशिङ्टनस्थित चिनीयाँ दूतावासले भने यो युद्धलाई नियन्त्रण बाहिर जान नदिन मात्रै आफू क्रियाशिल रहेको जनाएको छ ।

यसैबीच युक्रेनको राजधानी किभ नजिक पुगेको रुसी सेनाले युद्धको १५ औं दिनमा युक्रेनको मारिउपोल शहरमा कब्जामा लिएको छ ।

रुसी सेनाले कब्जा जमाएपछी खाद्यान्न र पानीको अभाव झेलिरहेका त्यहाँका १ लाख ४० हजार नागरिक विस्थापित भएका छन् ।