logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

रुसले हाम्रो ज्यान लिनसक्छ तर उनीहरु आफैं पनि बाँच्ने छैनन्ः जेलेन्स्की


अंकुरण खबर
988
Shares

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले एकपटक फेरि रुसको कडा शब्दमा आलोचना गरेका छन्।

उनका अनुसार रुसले युक्रेनीहरु सबैको ज्यान लिनसक्छ। तर सो क्रममा रुसीहरु पनि पृथ्वीबाट विलय हुने जेलेन्स्कीको भनाइ छ।

सो क्रममा उनले युरोपेली देशमाथि आरोप लगाए। बीबीसीसँगको अन्तर्वार्तामा उनले भनेका छन्,‘रुसबाट तेल खरिद गरिरहेका देशले रगतबाट लत्पत्तिएको कमाई गरिरहेका छन्।’

जर्मनीसँग युक्रेन खुशी छैन। जर्मनीले रुसविरुद्ध केही प्रतिबन्धलाई समर्थन गरेको छ तर तेल भने त्यहीँबाट खरिद गरिरहेको छ।

उनले समय अब उस्तै नभएको र यो व्यापार वा पैसाको कुरा गर्ने बेला नभएको पनि उल्लेख गरे। युक्रेनले बाँच्नका लागि संघर्ष गरिरहेकाबेला युरोपले युक्रेनको साथ दिनुपर्ने उनको भनाइ छ।

५० दिनयता रुसले युक्रेनमा आक्रमण गरिरहेको छ। युद्ध थप चर्किने खतराबीच जेलेन्स्की निडर भएर भन्छन्,‘उनीहरुले हामीलाई नष्ट गर्न सक्छन् तर हामी यसको जवाफ दिनेछौँ, उनीहरुले हामीलाई मार्न सक्छन् तर तिनीहरु आफैँ पनि मारिने छन्। तिनीहरु यहाँ किन र के गर्न आएका हुन्, मलाई थाहा छैन।’ बीबीसी