logo
  • सोमवार, कार्तिक १७, २०८३ / Monday, Nov, 02 ,2026

पुष्पा चलचित्रको प्रभाव, विद्यार्थीले परीक्षापत्रमा ‘अपुन लिखेगा नहीँ’ लेखेपछि भए फेल


अंकुरण खबर
962
Shares

चलचित्र तथा साहित्यलाई समाजको ऐना भन्ने गरिन्छ ।

चलचित्र–साहित्यमा समेटिएका विषयले मानिसलाई प्रभाव पर्नु स्वभाविक पनि हो किनभने यो आम मानिसका सहजै पुग्न सक्छ ।

हालै दक्षिण भारतीय चलचित्र ‘पुष्पा’ले बक्स अफिसमा राम्रो आम्दानी गर्यो । यो चलचित्रपछि त्यसका अभिनेता अल्लु अर्जुनले पनि राम्रो प्रशंसा पाए ।

सो चलचित्र रिलिज भएको चार महिना पुगिसकेको छ। यद्यपी त्यसको प्रभाव भने दर्शकमा अझै पनि जारी छ ।

केही समय अगाडि भारतमा एक व्यक्तिले रक्तचन्दन तस्करी गरेका थिए। चलचित्र पुष्पा हेरेकाले आफू तस्करीमा लागेको उनले बताएका थिए ।

यतिबेला भारतका एक दश कक्षाका विद्यार्थीले भने परीक्षामा केही नलेखी घर फर्किएको देखिएको छ ।

चलचित्र पुष्पामा ज्यादै चर्चित डायलग बनेको थियो ‘अपुन झुँकेगा नहीँ’ ।

टाइम्स अफ इन्डियाका अनुसार एक किशोरले उत्तर पुस्तिकामा सोही डायलग पछ्याउँदै ‘अपुन लिखेँगा नहीँ’ मात्र लेखिदिएका छन् ।

यो घटनाले चलचित्रको नकरात्मक प्रभावलाई दर्शाउँछ। उत्तर पुस्तिकामा उत्तर नलेख्ने ती किशोर फेल भएका छन् ।