logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आसाममा चट्याङ लागेर १४ को मृत्यु


अंकुरण खबर
754
Shares

भारतको आसाम राज्यमा चट्याङ लागेर कम्तीमा पनि १४ जनाको ज्यान गएको छ ।

आइतबार आएको भिषण वर्षा र चट्याङमा परेर ती नागरिकको ज्यान गएको बताइएको छ ।

आसाममा शुक्रबारदेखि व्यापक वर्षा भएको छ । वर्षासँगै हावाहुरी पनि आएको र कतिपय भौतिक संरचनामा पनि क्षति पुर्‍याएको थियो ।

आसामको प्राकृतिक प्रकोप व्यवस्थापन विभागले दिएको जानकारीअनुसार शुक्रबार आठ जनाको ज्यान गएको थियो भने आइतबार थप छ जनाको ज्यान गएको हो।

चट्याङबाट मात्र अरु दर्जनौँ व्यक्ति नागरिक घाइते भएका पनि अधिकारीहरुले जनाएका छन् । यस क्षेत्रमा वर्षासँगै पर्ने चट्याङले समय समयमा नागरिकको ज्यान जाने गरेको छ।

शुक्रबारदेखि आइतबारसम्म जारी रहेको वर्षा, हावाहुरीले दशौँ हजार नागरिकका घर भत्काएको तथा अन्य भौतिक संरचनामा क्षति पुगेर प्रभावित भएका बताइएको छ।