logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

एशियाकै सेक्सी महिलाको सूचिमा आलिया भट्ट


अंकुरण खबर
2.561K
Shares

बलिउड अभिनेत्री आलिया भट्ट सामाजिक सञ्जालमा निकै सक्रिय रहने गरेकी छन् । उमेरमा अन्य अभिनेत्री भन्दा सानो भएपनि थुपै हिट फिल्महरुमा आफ्नो कलाकारिता देखाइसकेकी छन् ।

सामाजिक सञ्जालमा उनको फोटोसुट धेरै भाइरल हुने गरेका छन् यसले गर्दा उनी चर्चामा नै रहन गरेकी हुन् । अभिनेत्री आलिया भट्ट सन् २०१९ को एशियाकै सबै भन्दा सेक्सी महिलामा छनोट भएकी छिन् । अभिनेत्री दीपिका दोस्रो स्थानमा छन् ।

बुधबार लण्डनको एक साप्ताहिक पत्रिका ‘इस्टर्न आइ’ले यी दुइ सेक्सी महिलामा छनोट भएको बताएको हो । साप्ताहिक पत्रिका ‘इस्टर्न आइ’ले गरेको अनलाइन भोटिङमा सेक्सी महिलामा यी दुई अभिनेत्री परेका हुन् । सेक्सी महिलामा टेलिभिजनकी कलाकार हिना खानले तेस्रो स्थान हासिल गरेकी छिन् ।

यस्तै कट्रिना कैफ भने छैटौं स्थानमा छिन् । त्यस्तै सेक्सी महिलामा निया शर्मा ८ औं स्थानमा छिन् भने अभिनेत्री प्रियंका चोपडा १० औं स्थानमा छिन् । एजेन्सी