logo
  • सोमवार, कार्तिक १७, २०८३ / Monday, Nov, 02 ,2026

सीमा क्षेत्रमा दुश्मनलाई अमेरिका र इजरायल जसरी कडा प्रतिकार गर्छौः भारत


अंकुरण खबर
793
Shares

भारतका गृहमन्त्री अमित साहाले अब सीमा क्षेत्रमा दुश्मनलाई कडा प्रतिकार गर्ने बताएका छन्।

साहाका अनुसार अमेरिका र इजरायलले जसरी नै भारतले पनि सीमा क्षेत्रमा दुश्मनको दुस्साहसको कडा प्रतिकार गर्नेछ।

मुख्यगरी भारतसँग चीन र पाकिस्तानबीच सीमा विवाद छ। सीमा क्षेत्रमा लामो समयदेखि भारत–चीन र भारत पाकिस्तानबीच विवाद रहँदै आएको छ।

अमेरिका र इजरायलसँग शक्तिशाली हतियार र प्रतिरक्षा प्रणालीहरु छन्। भारतले पछिल्लो अभिव्यक्ति दिएर चीन र पाकिस्तानलाई अप्रत्यक्ष रूपमा चेतावनी दिएको अनुमान गरिएको छ।

भारतले आफूसँग पनि शक्तिशाली हतियार र प्रतिरक्षा प्रणाली भएको बताउन खोजिरहेको छ।